काठमाडौं, ९ मंसिर। ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् ।
सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ ।

garvapatanमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ पारित गरेको छ ।

कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् आजको नयाँ पत्रिकामा खबर छ। उनका अनुसार मन्त्रालयले हवाई सेवा प्रदायक कम्पनी छनोट गर्न बोलपत्र आह्वानको तयारी गरिरहेको छ । त्यसको अवधि करीव ३ साताको हुनेछ ।

देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार गर्न लागिएको उनले बताइन् ।

कुन कुन अस्पतालमा हुनेछ उपचार
प्रदेश नं १ कोशी अञ्चल अस्पताल मोरङ
प्रदेश नं २ सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा
प्रदेश नं ३ स् परोपकार प्रशुती तथा स्त्रीरोग अस्पताल ९थापाथली०, भरतपुर अस्पताल चितवन
गण्डकी प्रदेश पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
प्रदेश नं ५ लुम्बिनी अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल बाँके
कर्णाली प्रदेश कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ष्ठान ९जुम्ला०, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत
सुदुरपश्चिम प्रदेश सेती अञ्चल अस्पताल, धनगढी