डडेल्धुरा, ७ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको बस स्कूल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन ।

accdentविहीवार केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका एघार रडुवा खोलामा बस खस्दा १२ जनाको घटनास्थलमै र छ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डँडेल्धुरामा उपचार भइरहेको छ ।

अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिरमा लागेको मेला भर्न आएकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डोटीको शिखर नगरपालिकामा रहेको पीसजोन एकेडेमीको बस लिएर मेला भर्न गएकाहरु फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।