चितवन, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।
सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको समेत उनले जानकारी दिए । भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा प्रचण्डले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए ।
कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले उनले, “समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।”
