नारायणपुर, २३ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा चैत १७ गतेदेखी नारायणपुरमा जारी महायज्ञमा आज सातौ दिन ८ लाख बढि नगद संकलन भएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ चैत २४ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२’ को सातौ दिन त्रिपुर १ नारायणपुरका दानबहादुर डाँगी र मोहनकुमारी डाँगीले सबैभन्दा धेरै दान गरेको छ । डाँगी परिवारले नगद १ लाख ७ हजार ५ सय ५५ रुपैया नगद दान गर्नुभएको आयोजक मूल समितिले जानकारी दिएको छ । यो रकम नगदमा अहिलेसम्मकै धेरै हो ।
यस्तै मंगलवार नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालको परिवारले ५१ हजार ५ सय ५, वाणीज्य संघका उपाध्यक्ष अभियान बस्नेतले ५१ हजार ५ सय ५५ रुपैया, बुटुनियाका चन्द्रप्रसाद चौधरीले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको छ । यस्तै नेपाली कांग्रेस त्रिपुरले ७ हजार ५ रुपैया दान गरेको छ । महायज्ञमा आज सातौ दिनसम्म करिब ८० लाख बराबरको आर्थिक संकलन भएको आर्थिक उपसमितिका संयोजक पूर्ण गुरुङले जानकारी दिनुभयो । महायज्ञम सातौ दिन लाखबत्ति प्रज्वलन गरिएको थियो । महायज्ञमा हालसम्म त्रिपुर नगरपालिका ७ डाडागाँउका दामोदर न्यौपाने र उहाँको श्रीमति उमादेवी न्यौपानेले सबैभन्दा धेरै ३५ लाख रुपैया बराबरको जग्गा दान गर्नुभएको छ ।
महायज्ञमा करिब १ सय क्वीन्टल धान पनि संकलन भएको छ । त्रिपुर क्षेत्रका किसानहरुले अन्नदान गरेका हुन् । विभिन्न स्थालबाट गरि १ सय क्वीटन अन्न संकलन भएको महायज्ञका कार्यसम्पादन उपसमितिका संयोजक ईन्द्रबहादुर रायमाझीले जानकारी दिनुभयो । यसैबीच महायज्ञको भोली वुधवार समापन गरिने भएको छ । वुधवार एक कार्यक्रमको आयोजना गरि महायज्ञको औपचारिक रुपमा समापन गर्ने आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । साथै महायज्ञ समापन कार्यक्रममा उपस्थितिकालागी आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।