शान्त कुमार बुढा मगर

लोपोन्मुख मानिएका कुसुन्डा जातीहरुको  संस्कृति संरक्षणसम्बन्धी चेतना मुलक एक दिने कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्तहरुले आफ्नो सस्कृती जोगाउन सरकारी निकाय मात्र नभएर  कुसुन्दा हरु आफै लागि पर्नु पर्न बताएका छन ।

12966681_1325790357449753_1388448791_n
जिल्ला खेल्कुद विकास युव सूचना विकास केन्द्र को सहयोग तथा राउटे उत्थान प्रतिष्ठान नेपालको आयोजनामा उक्त कार्यक्रम भएको थियो  । राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यवती अधिकारी को सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकुद विकास का अध्यक्ष डिल्ली डाँगी विशिष्ट अथिती  जिल्ला प्रहरी कर्यालय दाङ क निमित्त प्रहरी प्रमुख  प्रकाश कुमार शर्मा अथिती हरु एनेकपा माओवादी प्रतिनिधि जर्मन चौधरी पद्मोदय पब्लिक नमूना उ मा वि का पुर्व प्रधानाध्यापक गोविन्द आचर्य लगयतका रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथिले सस्कृती आफैमा अमुल्य कुरा भएको र यस्को जगेर्ना गरि राख्नु सबैको कर्तव्य रहेको बताउनु भयो । उहाँ ले सस्कृतिको नाममा राम्रा रिति लाई बचाउदै कुरिती लाई फल्दै लैजानु पर्ने कुरा औंल्याउनु भयो । साथै संविधानमा धेरै महत्त्वपूर्ण बुदा रहेपनि कार्यान्वयनका लागि सबैले कम्मर कस्नु पर्ने बताउनु भयो । जतिसुकै राम्रा कुरा भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा हजारौं आम नेपाली युवाहरूको श्रम अझै प्रदेशमा लिलामको भाउमा बेच्नु परिरहेको छ भने अल्पसंख्यक भनिएका जाति हरुलाइ  आझ जाटिल चुनौती रहेको छ  ू उहाँले थप्नु भयो । साथै उहाँले यसरीनै आफ्नो सस्कृतिको जगेर्ना गर्दै आउदा बर्ष हरुमा जातिगत रूपमा कुसुन्दा हरु पनि बिकास होस भन्दै शुभकामना समेत  दिनुभयो । त्यस्तै बिशिस्ट अतिथि शर्माले हरेक जात जाती को आफ्नै संस्कार र संस्कृति रहेको र त्यस्को संरक्षण आफै गर्नु पर्ने धारण राख्नुभयो ।