नारायणपुर, चैत । नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा यही चैत २६ गतेदेखी वैशाख ६ गतेसम्म नारायणपुरमा सञ्चालन हुने ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ को तयारी तीव्र पारिएको छ । ‘कृषी व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमुल्य योगदान’ भन्ने मूल नाराका आयोजना गरिएको महोत्सवका तयारी तीव्र पारिएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालले जानकारी दिनुभएको छ ।
महोत्सवकालागी गठन भएका समिति तथा उपसमितिहरु विस्तार भईसकेको र समितिहरुले आफ्नो काम सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी महोत्सवकालागी प्रचारप्रसारको काम पनि तीव्र रुपमा अगाडी बढाईएको छ । महोत्सवको उद्घाटन दिन निकालिने शोभायात्राको तयारीकालागी मूल समितिले छलफल गरेको छ । जसमा शोभयात्रालाई भव्य बनाउनकालागी सहभागीता जनाउने यस क्षेत्रका संघसंस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरि साहित्य उपसमितिले महोत्सवमा विद्यालय स्तरिय कविता प्रतियोगीताको आयोजन ागर्ने भएको छ । उपसमितिका संयोजक दानबहादुर बुढाथोकीको अध्यक्षता एवं मूल समितिका संयोजक गोपालप्रसाद लम्सालको प्रमुख आतिथ्यमा भएको बैठकले २९ गते जिल्ला स्तरिय विद्यालय स्तरिय कविता प्रतियोगीता गर्ने निर्णय गरेको छ । यस्तै चैत ३ गते केन्द्रिय साहित्यकारहरुसँग साहित्यीक कार्यक्रम गर्ने निर्णय गरेको छ । जसकालागी उपसमितिका सदस्य आदिम केसीलाई जिम्मेवारी दिईएको सचिव सरिता देवकोटाले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको बजारिकरण, स्थानीयय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, संस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार गर्ने र करिब १ लाख ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्ने उद्धेश्य रहेको उद्योग वाणीज्य संघका महासचिव धनेश्वर आचार्यले जानकारी दिनुभयो ।