दाङ, १ मंसिर । नेपाली काग्रेशको शनिवार भेटघाट कार्यक्रम हर्शेडाडामा सम्पन्न भएको छ । दाङ जिल्ला नेपाली काग्रेश क्षेत्र नं २ को आयोजनामा राप्ती गाउँपालिका स्तरिय नेता कार्यकर्ता भेटघाट कार्यक्रम वडा नं २ को हर्शेडाडामा शनिवार सम्पन्न भएको हो ।

IMG_1397विगतको निर्वाचनको परिणामलाई आत्मसाथ गर्दै नेपाली काग्रेश पार्टिको आगामी रणनिति तयारीका लागि नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको नेपाली काग्रेश दाङका जिल्ला सदस्य हरि भुसालले जानकारी दिएका छन् ।

नेपाली काग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति गिरिराज सुबेदिको सभापतित्व, नेपाली काग्रेश दाङ जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आथित्यता, पुर्ब सभापति विरेकेश्वरी गौतम, पुर्ब सांसद कृष्ण किशोर घिमीरे, बुद्धिराम भण्डारी, सुसीला चौधरीको विशिष्ट आथित्यता तथा नुमान्नद सुबेदी जगदम्वा कुमारी चौधरी, जिल्ला सचिव शंकर डाँगी, कमल कीशोर घिमीरे, लालमहोमद मियाको विशेष आथित्यतामा  मा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काग्रेशको आगामी रणनिति बनाउन यो भेटघाट कार्यक्रम सार्थक हुने कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले विश्वास गरेका छन् ।

भेटघाट कार्यक्रममा गत सम्पन्न तिन तहको निर्वाचनमा दाङ जिल्लाको परिणामलाई सिकाई मानेर अगाडी बड्न मार्गदर्शन गर्ने र विगतको चुनावी परिणाम लाई दोहोरीन नदिन नेपाली काग्रेश लागीरहेको समेत बताईएको छ ।