इन्द्रेणी संवाददाता
दाङ, १ मंसिर । दाङमा साढे दश महिनाको अवधिमा एक सय ५१ मानवअधिकार उलंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेखअनुसार सन् २०१८ जनवरीदेखि नोभम्बर १७ सम्ममा विभिन्न एक सय ५१ वटा मानअधिकार उल्लंघनका घटना भएका हुन् ।

jnइन्सेकले आज घोराहीमा वार्षिक पूर्व समीक्षा कार्यक्रम गर्दै आफ्नो अभिलेखमा राखिएका मानवअधिकार सल्लंघनका घटनाबारे जानकारी दिएको हो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले वितेको साढे १० महिनामा कुल १ सय ५१ वटा मानवअधिकार हनन तथा उल्लंघनका घटना भएको जानकारी दिए । जसमा सवैभन्दा धेरै ५१ वटा बलात्कारका घटना भएको अभिलेखमा उल्लेख छ ।

त्यसैगरी ७ जनाको हत्या, ३ जनालाई कथित बोक्सीको आरोपमा दुव्र्यवहार भएको र ३ जनालाई कथित छुवाछुतमा दुव्र्यवहार गरियो भने ८ वटा घटना अपहेलना, ५ वटा घटना गैरकानुनी हिरासत र २ हिरासतमा यातनाका घटना भए सागरेले बताए । त्यस्तै दश महिनामा ३ वटा तोडफोड, ५१ वटा घटना कुटपिटका, ११ पटक बन्द÷हडताल भएको अभिलेखमा उल्लेख छ ।

त्यस्तै वर्षभरी १ सय ५१ घटनामा १ सय ७० जना पीडित भएका छन् । जसमा २९ पुरुष, १ सय ४१ महिला पीडित भए । ती मध्ये ४४ वालिका पीडित भए भने ९७ जना महिला पीडित भए । यो वर्ष सवैभन्दा धेरै १ सय ४१ घटना गैरराज्य पक्षबाट भए भने जम्मा १० वटा घटना राज्यपक्षबाट भएको प्रतिनिधि सागरले जानकारी दिए ।

इन्सेक अभिलेखमा दाङमा विगतका वर्षजस्तै बलात्कारका घटनामा कमी आउन नसकेन बतायएको छ । यो वर्ष झन बालिका बलात्कारको घटना ह्वात्तै बढेको पाइएको छ । कुल ५१ बलात्कारका घटनामा बालिका बलात्कार तथा यौनदुव्र्यवहारका ४२ घटना भएका छन् । जसमा ३० वटा घटना बलात्कार र १२ वटा घटनामा बलात्कार प्रयास भएको छ । जसमा ४४ बालिका पीडित भए भने २ जना अपाङग रहेका छन् ।

त्यस्तै ९ बलात्कार घटनामा १० महिला, ४२ वटा बालिका बलात्कारका घटनामा ३ देखि १० वर्षसम्मका १२ जना, ११ देखि १४ वर्षसम्मका १७ जना र १५ देखि १८ वर्ष उमेर समुहका १३ जना पीडित भएको बताइएको छ । बताल्कारका घटनामा जन्म दिने बुवा, हजुरवुवा, सहोदर दाजु, मामा, भिनाजु र झट्केलो बुवाबाट बालिका बलात्कृत भएको अभिलेखमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलले मानवअधिकार उल्लंघनदेखि कानुन उल्लंघनका घटना न्यूनिकरण गर्न सबै सचेत हुनुपर्ने बताए । इन्सेकको मानवअधिकार उल्लंघटका घटनाको अभिलेख अन्तराष्ट्रिय स्तरसम्ममा जोडिएको उल्लेख गर्दै यसको अभिलेखले राज्यलाई अन्तराष्ट्रिय रुपमै जवाफ देहिता बनाउने बताए । उनले यसको अभिलेखलाई अझ विस्वसनिय बनाउन इन्सेक तथा यसका प्रतिनिधिहरुलाई सुझाव समेत दिए ।

मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधिलगायतले आफ्ना सल्लाह सुझव व्यक्त गरेका थिए ।