उदयपुर, २९ कार्तिक । गएको शनिबार उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँ स्थित अमला भन्ज्याङमा बाख्रा चराउन गएकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ती दुई जनालाई आज बिहीबार सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको स्थानीय १४ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षीय रुजन भन्ने पदमवीर राईले सामुहिक बलात्कार गरी हत्या गरेकोको पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको थियो । अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।
