काठमाडौं, १८ कार्तिक । मानव अधिकारकर्मी वं वरिष्ठ वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको आज निधन भएको छ । केही दिन अघि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आज दिउसो निधन भएको हो ।
उनको निधनप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महराले दुख् व्यक्त गरेका छन् । उनको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्ता, राजनीतिक, सामाजिक, साँस्कृतिक र पहिचानको आन्दोलनका निष्ठावान्, इमान्दार र प्रष्ट वक्तालाई गुमाएको महसुस भएको नेताहरुले बताएका छन् नेताहरुले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना गरेका छन् ।
