काठमाडौं, १८ कार्तिक । कार्यकक्ष मै तास खेलिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाको नोलाइटमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

juwa-ko-khalआकस्मिक सेवामा कार्यरत कर्मचारी तास खेलिरहेको बेलामा शनिबार साँझ महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

कार्यकक्ष मै तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इन्जिनियरद्धय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।