दाङ । दाङको तुलसीपुरमा जिल्लामै पहिलो पटक दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । दश लाख दश हजारको लगानीमा तुलसीपुर उपमहानगरपालिका ६ वनगाउँमा ‘तुलसी दुना टपरी उद्योग’ सञ्चालनमा आएको हो ।
उद्योगमा सेमिहाईड्रोलिक मेसिनबाट दुना र टपरी बनाइने उद्योग सञ्चालन समितिका अध्यक्ष भिमबहादुर खत्रीले जानकारी दिए । उद्योगमा अहिले १३ जना शेयर सदस्य रहेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको ५ लाख सहुलियत ऋण र २ लाख ५० हजार अनुदानमा उद्योग सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन तुलसीपुर उममहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे ।











