दाङ, १७ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले घोराहीमा एक कार्यक्रम गरी भरखरै जिल्लामा सरुवा भई आएका जिल्लाका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्दै जिल्लाको सवाल बारेमा ध्यानाकर्षण गराएको छ ।
वन महासंघले डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटा र डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तालाई स्वागत गरेको हो ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले दुवै डिभिजन कार्यालयका प्रमुखहरुलाई स्वागत गर्दै उनीहरुको कार्यकालमा जिल्लाको वन तथा वातावरणको सवालमा उल्लेखनिय भूमिका हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले सामुदायिक वन महासंघले उठाउदै आएका सवाल, जिल्लामा रहेका चुनौति, अव गर्नुपर्ने रणनिति र सहकार्यका बिषयमा प्रकाश पार्नु पारे । कार्यक्रममा जिल्लामा रहेका सवाल र चुनौति समेटिएको ज्ञापनपत्र दुवै डिभिजनका प्रमुखहरुलाई अध्यक्ष सुवेदीले दिएका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले सवैको जिल्लामा देखिएका सवाललाई सवैको सहयोगबाट सम्वोधन गर्ने प्रतिवद्धता ब्यक्त गरे । डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्तले वन तथा वातावरणका क्षेत्रमा रहेका चुनौतीलाई सवैको सहयोगबाट समाधान गर्न सक्ने विश्वास ब्यक्तगरेका थिए ।
