काठमाडौं । मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोप लागेको प्रदेश ३ का पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट वर्खास्त गरिएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन् । संविधानको धारा १ सय ६९, उपधारा २ को खण्ड ‘ख’ अनुसार स्थापितलाई पदबाट हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।











