तुलसीपुर, १५ कात्तिक । यातायात व्यबस्था कार्यालय राप्तीले बिजौलियालाई प्रवेशमा रोक लगायको छ । सेवाग्राहीहरुले यातायातमा बिचौलियाहरुको विगविगी भएको गुनासो गर्न थालेपछि कार्यालयले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएको हो ।

yatayat bebastha officeगेट बाहिर पनि ‘बिचौलियालाई प्रबेश निषेध’ भनेर ब्यानर टाँगिएको छ । ब्यानर टाँगेपछि अहिले बिचौलियाहरु भित्र छिर्न समेत हिम्मत नगरेको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए । ‘कार्यालयमा बिचौलियाहरुले गर्दा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको गुनसो बढेको थियो’ उनले भने ‘त्यसैले बिचौलियाहरुलाई प्रवेशमा रोक लगाएका हौं, अहिले भने बिचौलियाहरु प्रबेश गर्न समेत डराउछन् ।’

जसले गर्दा सेवाग्राहीहरुले सहज रुपमा सेवा लिन पाएको प्रमुख ढकालले बताए । बिगत एक महिना देखि बिचौलियालाई प्रबेश निषेध गरेपछि अहिले सेवा प्रवाहमा समेत छिटो, छरितो, चुस्ट, दुरुस्त भएको उनको भनाई छ । सेवाग्राहीले यातायातलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्न समेत यस्ले निकै मद्दत पु¥याएको प्रमुख ढकालले बताए ।

अहिले बिगत भन्दा सेवाप्रवाहमा छिटो, छरितो भएको सेवाग्राही लमहीका नेपबहादुर चौधरीले बताए । बिगतमा बिचौलियाहरुकै कारण सोझासाझा सेवाग्राहीले सवारीचालक अनुमति पत्रको राजश्व बुझाउन पनि घण्टौ लाईनमा बस्नु पर्ने भएपनि अहिले उक्त समस्या समाधान भएको उनको भनाई थियो ।