दाङ १५ कार्तिक । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले सरकार र निजीक्षेत्र बिच सहकार्य भए मात्रै देशमा बिकास हुने दावी गरे ।

333आज बिहिवार रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै तिवारीले सरकार एक्लै हिडन खोजे बिकास नहुने बिचार ब्यक्त गरे ।

अध्यक्ष तिवारीले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि वढे नेपाल आर्थिक रुपमा चाडै नै समृद्ध बन्ने ठोकुवा गरे । वर्तमान सरकारले निजी क्षेत्रलाई संगसंगै अगाडि हिडाउन सके समृद्ध देश वन्ने तिवारिको भनाइ थियो ।