काठमाडौं, १४ कार्तिक । सभामुख कृष्णबहादुर महराले नर्भिक अस्पतालमा उपचाररत मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बुधबार बिहान साढे ११ बजे नर्भिक अस्पताल पुगी सभामुख महराले तुलाधरको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन् ।
अस्पताल पुग्नुभएका सभामुख महरालाई तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा डाक्टरहरुले जानकारी गराएका थिए ।
सो अवसरमा सभामुख महराले अस्पताल तथा डाक्टरहरुलाई तुलाधरको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुहुँदै तुलाधरको स्वास्थ्य लाभको कामना गरे ।
अन्नपूर्ण न्यूरो अस्पतालबाट हिजो बेलुकी रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको हो ।
नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टीमले उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।











