काठमाडौँ, १४ कार्तिक । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कार्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदैछ ।
परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिए । बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ ।
छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उनले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताए ।
