Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

काठमाडौँ, १३ कार्तिक । स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS
ओलीको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।