सर्लाही, १३ कार्तिक। सर्लाहीमा आज बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

sutingggggबिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सांसद विरेन्द्र सिंहले बताए । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जनाएका छन् ।