काठमाडौं, १३ कार्तिक । ७० वर्षका दुई ज्येष्ठ नागरिकबाट अपांगता भएकी १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ संगम टोलकी ती किाशेरीालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजना ज्येष्ठ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो । अन्नपूर्ण पोष्टमा खबर छ- बालिकाको आफन्तको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनका अनुसार बालिकाका आफन्तले मिजार र सार्कीले फरक फरक मिति र स्थानमा बालिकालाई फकाएर जबरजस्ती करणी गरेको जाहेरी दिएका छन् । जिल्ला अदालत भक्तपुरमा सोमबार म्याद थप गरी जबरजस्ती करणीका आरोपीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
