काठमाडौं, १० कार्तिक । विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरूलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् ।

balbalikaचालू आर्थिक वर्षको तीन महिनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । ६४ प्रतिशतको अवस्था अज्ञात नै छ । गत वर्ष हराएकामध्ये ६० प्रतिशत बालबालिका अझै बेखबर छन्् ।

पछिल्लो तीन महिनामा हराएकामध्ये ६४ प्रतिशत बालबालिकाको अवस्था अज्ञात रहेको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् ।

‘फेला परेर पनि अभिभावकले खबर नगर्ने अवस्था छ,’ राजभण्डारीले भने, ‘तर, धेरैजसो भेटिएका हुन्नन् ।’ देशभर साउन, भदौ, असोजमा ८७६ बालबालिका हराएकामध्ये अहिलेसम्म ३१६ फेला परे । अझै ५६० बालबालिका कहाँ छन्् ?
पत्तो छैन ।

प्रदेश ३ बाट सबैभन्दा बढी १७२ बालबालिका हराएको तथ्यांक छ, जसमा उपत्यकाका मात्रै ६५ जना छन्् । प्रदेश १ बाट १३७, २ बाट १४२, ४ बाट ९९, ५ बाट १४५, ६ बाट ९१ र ७ बाट ८० बालबालिका हराएका छन्् ।

हराएकामध्ये सबैभन्दा बढी ५९७ जना बालिका छन्् ।
कम उमेरका बालक बढी हराएका पाइएको छ । उमेर बढ्दै जाँदा बालिका बढी हराउनेक्रम रहेको प्रहरी नायब उपरीक्षक राजभण्डारी बताउ“छन् । सबै प्रदेशबाट भेटिएका बालबालिकामध्ये २०९ बालिका र १०७ बालक छन्् ।

खोजतलास केन्द्रका अनुसार तीन महिनामा नेपालभर ९० बालक र ५४ बालिका बेवारिसे अवस्थामा फेला परेका थिए । उनीहरूमध्ये अहिलेसम्म ७७ लाई परिवारमा पुनर्मिलन गराइएको र ६६ बालबालिकालाई संरक्षण गृहमा राखिएको छ ।

केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बालबालिका फेलापर्नेक्रम न्यून भएको बताउ“छन् । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक विचलन, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारीलगायतका कारण बालबालिका जोखिममा पर्ने गरेका छन्् ।

यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । कतिपय शोषणमा पर्ने गरेका छन्् ।

आव २०७४÷७५ को तथ्यांकनुसार नेपालमा २ हजार ३३० बालबालिका हराए, जसमा १ हजार ४०७ बालिका र ९२३ बालक छन्् । तीमध्ये १ हजार १७ जना फेला परे । यो तथ्यांकले बालिका बढी जोखिममा रहेको देखाएको छ ।

यस आवमा प्रदेश १ बाट २४५, २ बाट २८७, ३ बाट ७०२ ९उपत्यकामा २८३०, ४ बाट २७५, ५ बाट ३४१, ६ बाट २१० र ७ बाट २७० बालबालिका हराएका थिए ।

आर्थिक वर्ष २०७४÷७५ मा ४४२ जना बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परे ।

केन्द्रले दसैंको अवधिमा १२ जना बालबालिका बेवारिसे अवस्थामा फेला पारेकोमा दुई बालिका र १० बालक थिए । त्यसमध्ये दुईलाई परिवारमा पुनर्मिलन गराइएको थियो । अन्य १० को भने परिवार पत्ता लाग्न नसकेकाले संरक्षण गृहमा राखिएको छ । रासस