काठमाडौँ, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार नयाँ दिल्ली जान लागेका छन् ।

parcnadअध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्कने छन् ।

भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् । दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएको थिए ।