काठमाडौं, ६ कात्तिक । आज मंगलबारदेखि निजी कम्पनीले समेत स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) छाप्ने भएका छन् । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएका हुन् ।

laisensaयातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए ।

सवारीचालक अनुमतिपत्र लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् । स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् ।