केशरमान बुढाथोकी
दाङ , २८ दाङ । जव सभामुख कृष्णबहादुर महरा दाङ लमही नगरपालीकाको हात्तीखाल पुगे स्थानीयवासी आफ्नो दुर्गम गाउँमा सभामुखलाई स्वागत गर्न बसेका थिए । सहरका तडक भडकका कार्यक्रम भन्दा गाउँघरमा गएर दुखि गरिबका दुख सुख सुन्न र बिकासका साना ठुला आयोजनालाई गाउँ घर सम्म पुर्याउन मनपराउने महरा हात्तीखाल स्थित भिम बाँधमा पुग्न बित्तिकै स्थानीयले उनलाई एतिहाँसिक भिम बाँधको दृष्याबलोकन गराए ।

SAMSUNG CSC

त्यहाँ स्थित राप्ती नदीको झोलुन्ग्गे पुलमा सभामुखलाई स्थानीयले आफ्नो गाउँमा हामीले देख्ने र अनुभूत गर्ने गरि विकासमा साना ठुला बिकासका आयोजना पार्न आफ्नो क्षेत्रमा बजेट विनियोजनमा सघाउन आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय बासिन्दाले पुर्व पश्चिम राजमार्गको मुल सडकको सन्निकटमै आफ्नो गाउँ भएपनि बिकास निर्माणले गर्दा आफुहरु बत्तीमुनिको अध्याँरोमा बस्न बाध्य भएको गुनासो गरे ।

SAMSUNG CSC

आफ्नो गाउँ भएर बग्ने राप्ती नदीमा पक्की पुल नहुँदा सवारी आवागमन गर्न निकै कष्ट भएकाले सडक, विद्युत् पानीलगायत आधारभूत सेवा सुविधाबाट आफूहरु बञ्चित भएको भन्दै बिकास निर्माणमा आफ्नो गाउँलाई बिशेष तरिकाले गर्न बिशेष आग्रह गरे । संघीय संसदका सभामुख संगै स्थानीय तह , प्रदेश सभा र प्रतिनिधि सभाका सदस्य हरु सहितको उपस्थितिमा भएको कार्यक्रममा नेताले चुनावका बेला भासनामा भने जस्तै बिकाश निर्माणका काम हुन नसकेको गुनासो समेत गरे ।

kbm1

कार्यक्रम कै बेला सभामुख महराको नजिक गएर स्थानीय सिता कुमालले भनिन हाम्रो यो दुर्गम गाउँमा तपाइँ आउनुभयो हाम्रो गाउँ नै खुसि भयो अब हामीलाई बिकास दिनुहोस यहाँ हाम्रा लागि सामान्य सेवा सुविधाहरु अब हाम्रो गाउँमा विकासको मूल फ़ुटाइदिनुपर्यो ।’ त्यस्तै त्यहाँ स्थित स्थानीय अगुवाले भने हाम्रो गाउँमा सुकुम्बासीका समस्याको समाधान अझै हुन छैन किसानलाई निःशुल्क मल र बीउ वितरण हुन सके किसान पनि आत्मनिर्भर हुन् सक्ने बताएका थिए ।

kbm2

स्थानीयको गुनासो सुनेपछि सभामुख महराले भने ‘प्राकृतिक रुपमा यति सुन्दर र रमणीय यो ठाउँमा रहेका सबै समस्या हरु मैले नजिक बाट बुझ्ने अवसर पाए । यी सबै विषयमा मैले केन्द्रमा सक्दो पहल गर्नेछु । सम्बृद्ध दाङ निर्माणका लागि हामीले कम्तिमा बिकास निर्माण र राष्ट्रिय गौरवका आयोजनामा राजनीति नगरौं । बिकासमा सबै एकजुट भएमा मात्र कुनै पनि ठाउँको द्रुत गतिमा बिकाश हुन सक्छ ।

यस्तै अब समग्र लमहीको बिकासका लागि नगरपालिकाले बृहत् गुरुयोजना बनाउन आवश्यक छ । सबैले बिकासमा हातेमालो गर्दै अगाडी बढ्ने हो भने देउखुरी लाई एउटा सुन्दर पर्यटकिय नगर बनाउन सकिन्छ। कार्यक्रममा कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा , प्रतिनिधि सभा सदस्य मेटमनि चौधरी , राष्ट्रिय सभा सदस्य कोमल ओली , पार्वती डिसी चौधरी , प्रदेश सभा सदस्य इन्द्रजित चौधरी , रेवतीरमण शर्मा लगाएतले मन्तव्य राखेका थिए ।