इन्द्रेणी संवाददाता
दाङ, २६ असोज । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङले भव्य रुपमा दशैं मिलन तथा रात्री भोज सम्पन्न गरेको छ । विहीवार साँझ घोराहीको ‘टी थ्री’ प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

2

कार्यक्रममा सम्मान गरिदै

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले दाङका कुखुरा व्यवसायीले यहाँको कृषि क्षेत्रलाई उचो राखेको बताए । जिल्लाका कुखुरा व्यसायीहरु शुरुमा धेरै संकटहरु झेल्दै अहिले दाङलाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउन सफल भएको उनले बताए । ‘पहिले चल्ले साहुँ भनेर अलि अपहेलित भाषामा बोलाइनेहरु अहिले तिनै साहुँले दाङको कृषि क्षेत्रलाई उचो राखेका छन्’, उनले भने, ‘यो पेशाका व्यवासयी पनि व्यवसायीक मर्यादामा रहेका छन् ।’

1

कार्यक्रममा सम्मान गरिदै

उनले सुरक्षित कुखुरा पालन व्यवसायीलाई अझ मर्यादित र व्यवसायीक बनाएर लैजान समेत व्यवसायीहरुलाई सुझाव दिए । अहिले यो क्षेत्रमा सरकारी चिकित्सकहरुको सहयोग कम रहेको उल्लेख गर्दै दाङ जिल्लाको परिपेक्षमा यो व्यवसायीमा नीजि क्षेत्रका चिकित्सकहरुबाट मात्रै अघि वढेको उनको भनाइ थियो । तर अब यो व्यवसायी मुलुककै आर्थिक संवृद्धिको एउटा अभिन्न अंग भइसकेकाले यसलाई सरकारी क्षेत्रबाट पनि प्राथमिकतामा पारिनुपर्ने मेयर चौधरीले बताए ।

3

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले दाङको आर्थिक संमृद्धिमा यहाँका कुखुरा पालक व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको औल्याए । सुरक्षित कुखुरा तथा दाना व्यवासयी समितिका संस्थापक अध्यक्ष टंकेश्वर केसीले समितिको स्थापना काल सबैका हेलाका कुखुरा व्यवासयी अहिले आर्थिक संमृद्धिका सम्वाहक भएको बताए ।

333

सम्मानित व्यक्तित्वहरु

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र बुढाथोकीले अब दाङमा सुरक्षित कुखुरा तथा दाना व्यवसायीहरुको सञ्जाल ठूलो भइसकेको जानकारी दिदै यसलाई अझ व्यवस्थीत बनाएर लैजान समितिले निकट भविश्यमा केही नयाँ योजना ल्याउन लागेको बताए । उनले आफ्नो पेशागत हकहितका लागि पनि सबै कुखुरा पालक किसान तथा दाना व्यवसायीहरु एकतावद्ध भएर जान आग्रह गरे ।

4

कार्यक्रममा संस्कृतिक कार्यक्रम देखाउँदै सिज व्याण्डका कलाकार

समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा समितिलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्ने समितिका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, व्यवासायीहरुलगायतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा सिज व्याण्डका कलाकारहरुले आफ्नो प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रमको सहजीकरण समितिका सचिव चन्दन भण्डारीले गरेका थिए ।