दाङ, २४ असोज । त्रिभुवननगर जेसीजले जेसिजग्रामको रुपमा विकास गर्न थालेको घोराही १३ मौलाकोटका विषयमा संघीय संसदका सभामुखसंँग छलफल गरिएको छ ।
त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारी, जेसीज ग्राम संयोजक माधव केसी, निबर्तमान अध्यक्ष रजिव उल्लाह खान, पुर्वअध्यक्ष ओविन्द्र महरा, पुष्पराज आचार्यको टोलीले सभामुखसँंग छलफल गरेको हो ।
त्रिभुवननगर जेसीजको टोलीले महरालाई जेसीजग्रामको विकासका लागि विभिन्न योजना समेटिएको अनुरोधपत्र हस्तान्तरण गरेको छ । अध्यक्ष भण्डारीले मौलाकोटमा अथाह सम्भावनाहरु हुँदाहुँदै पनि आधारभुत पुर्वाधारबाट बन्चित रहेको बताए ।
युवाहरुको सस्था त्रिभुवननगर जेसीजले जेसिज ग्रामको रुपमा विकास गर्ने योजना अगाडी ल्याए पनि बजेट तथा कार्यक्रमहरुको अभाव भएको उनले बताए ।











