बर्दिया, २२ असोज । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले संघ, प्रदेश र स्थानीय तहको पहिलो अभिभारा भनेको बलियो कानून निर्माण गर्नु भएको बताएका छन् ।

purna gharti jestha nagik programmeबाँसगढीमा आयोजना गरिएको बाँसगढी नगरपालिकाको निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा कार्यक्रममा सभामुख घर्तीले यस्तो वताएका हुन् ।

लामो संघर्ष र वलिदानीवाट देशमा गणतन्त्र आएको र तिन तहको सरकार बनेको भन्दै नयाँ नेपाल निर्माण गर्न तिनै तहका सरकारको महत्वपूर्ण भूमिका रहने पनि उनले उल्लेख गरे ।

सभामुख घर्तीले संविधानमा उल्लेख गरिएको दिशामा देशलाई अगाडि बढाउँदै स्थायित्व, समृद्धि, सुशासन र विकास दिनुपर्ने औल्याए ।
संघ, प्रदेश र स्थानीय तहको विचमा बुझाइमा केही समस्या रहेको भन्दै उनले अव समृद्धिको दिशामा देशलाई अगाडि बढाउन सवै मिलेर लाग्नु पर्ने धारणा राखे ।