लक्ष्मण बस्नेत
दाङ, २१ असोज । अखिल नेपाल फुटबल संघ एन्फाको एक प्रतिनिधी मण्डलले दाङमा स्थापना गर्ने भनिएको एन्फा टेक्निकल सेन्टरका लागि जिल्लाका विभिन्न स्थानको स्थलगत अनुगमन निरिक्षण गरेको छ ।

pq3मुलुकका सात प्रदेशमा १४ वटा टेक्निकल सेन्टर स्थापना गर्ने मिशनमा लागेको एन्फाले दाङमा महिला फुटबलको टेक्निकल टेन्टर बनाउन जिल्लाको तुलसीपुर १८ मा रहेको पुर्व जनमुक्ती सेना बसेको सक्राम व्यारेक र तुलसीपुर १५ को कोटिया डाँडा खेलमैदानको स्थलगत अनुगमन निरिक्षण गरेको हो ।

अनुगमन निरिक्षण गरेका दुबै स्थानलाई अखिल नेपाल फुटबल संघ एन्फाको संभाव्यता अध्ययनको ल्याण्ड स्केपले मात्रै कुन स्थानमा टेक्निकल सेन्टर एन्फा एकाडेमी राख्ने भन्ने टुङो लगाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

विगतको फुटबलको इतिहास, भुगोल र हावापनीको दृष्टिकोणले दाङमा फुटबलको प्रसस्त संभावना देखेर हामी आएका हौ एन्फाले महिलाको आवास सहितको टेक्निकल सेन्टर दाङमै बनाउने गरी कार्य सम्पादन प्रक्रिया अगाडी वढाउछ अध्यक्ष शेर्पाले भने ।

नेपाली फुटबलको स्पष्ट विकास सहितको दिर्घकालिन सोच बनाउन आवश्यक रहेको समेत उनको भनाइ छ । अध्यक्ष शेर्पाले ग्रासरुट लेवल देखिनै फुटबलको बिकास गर्न देशभर ४५ वटा जिल्लामा ग्रासरुटको कार्यक्रम सुरु गरेको पनि बताए ।