इन्द्रेणी संवाददाता
बाँके, २० असोज । दाङको तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ प १६६१ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकआपसमा ठोकिदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । जसमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
accdentबाँके प्रहरीका अनुसार मृत्यु हुनेहरुमा दाङ तुलसीपसर उपमहानगरपालिकाका ३० वर्षिया तुलसी रावत, बसन्ती चौधरी तुलसीपुर उपमहानगर कै बर्ष ५ का नारायण श्रेष्ठ रहेका छन् भने सल्यान शारदा नगरपालिकाका बर्ष ३० का द्रोण बुढाथोकी रहेका छन् । अन्य दुई जनाको भने यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा १७ जना घाइते भएका छन् ।