बैतडी, २० असोज । जिल्ला अदालत बैतडीले किशोरीलाई बलात्कारपछि हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो।

balatkari-pakrauजिल्ला न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार जोशीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार भीमप्रसाद भुसालले बताए । जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ वर्षीया डम्बरा भट्टको बलात्कारपछि हत्या गरेका थिए।