इन्द्रेणी संवाददाता
दाङ, १९ असोज । नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशै र तिहारलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरुको सहयोगका लागि यात्रुमैत्री व्यवहार गर्ने र उनीहरुमा आउने समस्यामा साथ दिनका लागि सहायता कक्ष स्थापना गरिएको हो ।

HPIM0018चाडपर्वको समयमा सवारीका साधानमा अत्यन्त चाप हुने र यही मौका छोपेर लुटपाट समेत हुने भएकाले यस्ता गतिविधि रोक्नका लागि नागरिक सहायता कक्षले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिएका छन् ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्धेश्यका साथै सवारी मार्गमा हुने लुटपाट, दोहोरो टिकट, यात्रुहरुमाथि हुने अभद्र व्यवहार रोक्न जिल्लाको घोराही बसपार्क र ट्राफिक चोक, लमही, भालुवाङ, अमिलिया र तुलसीपुरमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रुहरुलाई कुनै समस्या परेमा जिल्ला प्रहरी कार्यालय दाङ ९८५७८९०१०१ र टोल फ्रि नं. १००, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ सम्पर्क नं. ०८२–५६००४१ र ९८५७८३५३३१ स्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको फोन नम्बर ०८२–५६००४१, मोबाइल नं. ९८५१२८२४२५, ९८५८७९०१४३, इलाका प्रहरी कार्यालय भालुवाङको फोन नं.०८२–४१५०८४, मोबाइल नम्बर ९८५७८९००६९, ट्राफिक प्रहरी तुलसीपुर ९८५७८९०२१३ र अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीको फोन नं. ९८५७०९००२७ आफु र आफ्नो सवारी साधनमा माथि उल्लेखित गतिबिधिहरु भए गरेमा तत्काल सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।