सुर्खेत, १७ असोज । वसको ढोकामा झुण्डिएर यात्रा गरिरहेका एक जनाको खसेर ज्यान गएको छ ।

busसुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी पदम वस्नेतको खसरे ज्ज्यान गएको हो ।

बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको र थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।