सागर थापा
नेपालगञ्ज, १७ असोज । महान पर्व वडादशै नजिकिदै गर्दा नेपालबाट भारतमा रोजगार गर्न पुगेका नेपालीहरु फर्कना थालेका छन् । दशै र तिहार मनाउनका लागि घर फर्कने क्रममा नेपाल भारतका सिमा नाकामा नेपालीहरुको आयतममा चहलपहल भएको देख्न सकिन्छ ।

simaकपिलवस्तुको नाका, तौलिहवा कृष्णनगर , रुपन्देही , भैरहवा नेपालगन्ज लगायत सबै नाकाहरुबाट दिनहुँ ठुलो संख्यामा नेपालीहरु दशै तिहार मनाउन घर फर्किरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको नाका कृष्णनगरबाट केही दिन यता दिनहुँ ६०० देखि ११०० जना नेपालीहरु स्वदेश नेपाल फर्किरहेका छन् । मुलुक भित्र रोजगारिको अभावमा भारतको विभिन्न स्थानमा पुगेका महिलाहरु परिवारका सदस्यका साथ दशै र तिहार मनाउन कोशेली सहित घर फर्किएका छन् । नेपालीहरुको सबैभन्दा ठुलो चार्ड दशौ परिवारका साथ मनाउदा सबै दुस्ख बिर्सने भएकाले विदा मिलाएर आएको बताएका छन् ।

यस अघि दशैको बेला घर फर्किदा नेपालीहरु भारतको सिमा सुरक्षा बल नेपाली सुरक्षा कर्मिबाट ठगिने यस पटक अघिल्लो वर्ष जस्तो घटना नभएको भारतबाट विदामा घर फर्किदै गर्दा दाङ घोराही निवासी वडा नम्बर १४ का माया सुनारले वताएकि छिन् । नेपालीहरु स्वदेश फर्कदै गर्दा सिमा क्षेत्रमा नेपालीहरुमा लुटपाट हुने भन्दै सिमा सुरक्षा वलले सिमा नाकाहरुमा पनि चेकजाँच तीब्र पारेको छ ।