दाङ, १५ असोज । हिन्दुहरुको पर्व विजयादशमी तथा दिपावलीको अवसरमा सहायता कक्षा स्थापना गर्न सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ ।

IMG_3581सोमवार सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले ती समस्या समाधानकालागि नागरिक सहायता कक्षा स्थापना गएिको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टहरुमा राखिने बताए सोमवार घोराहीको बसपार्क, ट्राफिक चोकमा सहायता केन्द्र स्थापना गरिएको जानकारी दिए । यस्तै सोमवार नै लमहीमा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए ।