बनेपा, १५ असोज । बनेपामा प्रहरीको अश्रुग्यास प्रहारबाट दर्जानौं घाइते भएका छन् ।
बनेपा नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको हो ।
उक्त तनावलाई नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले लाठीचार्ज समेत गरेको छ ।











