काठमाडौं, १३ असोज। नेपाल र भारतबीच ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्याँस पाइपलाइन विस्तार गर्ने समझदारी गरेको हो ।
आपूर्तिमन्त्री यादवले दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्याँस पाइपलाइन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी भएको जानकारी दिए ।
बैठकपछि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँसमन्त्री प्रधानले ग्याँस पाइपलाइन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिए ।
उनले मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको काम द्रुतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले सन्तोष व्यक्त गरेको बताएको आजको राजधानीमा खबर छ ।











