महोत्तरी, १२ असोज । भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् ।

mear sabbbमेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । ‘आर्थिक कारोबारजस्तो संवेदनशील विषयमा मेयरले नियमविपरीत गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि मैले नमिल्ने जानकारी गराउँदा कुटपिट भयो,’ उनले भने । मेयरले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको उनको दाबी छ ।

मेयर साहले भने गत आर्थिक वर्षको हिसाब पटक–पटक माग गर्दा पनि लेखा अधिकृतले नदिएको बताए । उनले भने, ‘बुधबार दुईजना वडाध्यक्ष तथा केही उपभोक्ता समितिका पदाधिकारीसमेत राखी उहाँलाई गत आर्थिक वर्षका हिसाब पारदर्शी गर्न आग्रह गर्दा अपशब्द प्रयोग गर्नुभयो, अनि मैले दुई झापड हानेको हुँ ।’ उनकै कारणले नगरपालिकाको खातासमेत रोक्का रहेको मेयर साहको दाबी छ  नयाँ पत्रिकामा खबर छ।