इन्द्रेणी संवाददाता
दाङ, ११ असोज । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आज विहीबार वसेको दोस्रो बैठकले विभिन्न सल्लाहकार चयन गरेको छ ।
बैठकले कानुनी सल्लाहकारमा अधिवक्ता अचुतकुमार न्यौपाने, प्राविधिक सल्लाहकारमा राप्ती भेट फर्मका सञ्चालक आनन्दकुमार चौधरी र प्रेस सल्लाकारमा इन्द्रेणी अनलाइनका कार्यकारी सम्पादक एवं आर्थिक अभियान दैनिकका उदय बीसीलाई चयन गरेको छ ।
त्यसैगरी व्यवसायीक सल्लाहकारहरुमा समितिका निवर्तमान अध्यक्ष मिनु गिरी, पूर्वअध्यक्षद्धय मनदबहादुर वस्नेत र नेत्रसेन ठकुरी, पूर्वकोषाध्यक्ष भरतमणि शर्मालाई चयन गरिएको समितिका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।











