दिपक बोहरा
दाङ, १९ असार  । राप्ती लोक मार्ग अन्तरगत दाङको राम्री देखी सल्यानको श्रीनगर सम्मको सडक जिर्ण बनेको छ । सोही सडक खण्डको बिचबिचमा परेका खाल्डा खुल्डीले गर्दा यात्रुहरुलाई आवत जावत गर्न निकै सास्ति भएको छ । महिनौ अघि दखी परेका खाल्डा खुल्डी समयमै मर्मतसम्भार नहुँदा वर्षायामसँगै झनै नाजुक बनेका हुन् । बिगत ५ महिना देखी सडकमा खाल्डा खुल्डी भएकाले गाडि चलाउन पनि समस्या हुने गरेको गाडि चालक सुनिल बिसीले बताए । त्यहाँ साना सवारीका साधन समेत चलाउन समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ । यात्रु बहाक सवारी साधन देखी मोटरसाईकिल , कारलगायतका साना गाडिहरुलाई पनि समस्या हुने गरेको सवारी चालकहरु ब्ताउछन् ।

20160620_133643-1सडकमा परेका खाल्डा खुल्डीका कारण सवारी दुर्घटनाको खतरा बढेको पनि सवारी चालक बिसीले राप्ती समाचारलाई बताए । सडक जीर्ण बन्दै गए पनि मर्मतसम्भारमा कसैले ध्यान दिन नसकेको चौतर्फि गुनासो पनि आउने गरेको छ । वर्षायामका बेला सडकमा भएका खाल्डोकै कारण सवारी दुर्घटना हुन सक्ने सम्भाबना पनि रहेको भनाई गाडि चालकहरुको छ ।

एक बर्ष अगाडि मात्रै पुरेका खाल्डा खुल्डीले लामो समय सम्म टिक्न नसक्नु निर्माण व्यवसायीको लापरबाही भएको स्थानियले आरोप पनि लगाएका छन् । आयोजनाको अवधि सकिन लाग्दा निर्माण व्यवसायीले हतारमा गरेको कम गुणस्तरको कामले यस्तो समस्या आएको हो ।

प्छिल्लो समय परेका खाल्डा खुल्डी मर्मत गर्ने जिम्मा पाएको जुद्ध एण्ट पुन: निर्माण सेवाले समयमै काम शुरु नगर्दा यस्तो समस्या भएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सब ईन्जिनिएर दिलिप शाहले बताए ।

20160620_133641-1सडक मर्मतको काम शुरु गर्न आग्रह गर्दै पटक पटक पत्र पठाउदा पनि काम शुरु नगरेकाले झनै समस्या उत्पन्न भएको उनले जानकरी दिए । उनले भने –“ हामीले पटक पटक काम शुरु गर्न पत्र पठायौ तर अहिले सम्म पनि काम शुरु गरेको छ्रैन । ” सोही कम्पनीले अमिलिया देखी श्रीनगर सम्मको सडक मर्मत गर्नका लागी सवा २ करोडको ठेक्का लिएको छ ।

सोही कम्पनीका काम शुरु नगरेपछि अहिले अन्य निर्माण कम्पनीले सडक मर्मतको जिम्मा लिएर काम शुरु गरेका छन् । ५÷६ महिना आगाडि देखी नै परेका खाल्डा खुल्डी मर्मत गर्ने काम अहिले आर्थिक बर्ष सकिनै लाग्दा शुरु हुनुलाई सरोकारवालाले बजेट पचाउने काम भनेर पनि अर्थयाएका छन् ।

सडक मर्मतका लागी अहिले २ निर्माण कम्पनीले जिम्मा लिएका छन् । सुलिकोट निर्माण सेवा र वावा निर्माण सेवाले सडक मर्मतको जिम्मा लिएको सडक डिभिजन कार्यालयका सब ईन्जिनियर शाहले जानकारी दिए ।

सडक डिभिजन कार्यालयका सब ईन्जिनियर शाहका अनुसार श्रीनगर देखी खौला सम्मको सडक मर्मतका लागी २४ लाख बजेट बिनियोजन गरिकाएको छ । सुलिकोट निर्माण सेवाले जिम्मा लिएको सो काम सम्पन्न भईसकेको छ ।

त्यस्तै रु ३३ लाखमा राम्री देखी कपुरकोट सम्मको सडक मर्मतका लागी बाबा निर्माण सेवाले जिम्मा लिएको छ । सो काम अहिले असारको महिना देखी शुरु भएको छ । तर असारको महिना बर्षादको समय भएकाले अहिले शुरु गरेको काम त्यति दिगो र भरपर्दो नहुने शाहले बताए ।

बर्षादले गर्दा मर्मतका लागी प्रयोग हुने अल्कत्राले नटिप्ने र बर्षाले बगाएर लैजने भएकाले अहिलेको काम त्यति दिगो र प्रभाबकारी हुन नसक्ने वावा कम्पनीका सञ्चालक समेत रहेका शाहले बताए । उनले भने – “ बर्षादको समयमा गरेको सडक मर्मतको काम दिगो हुदैन गरे भयो नगरे भयो । ”

खाल्डा खुल्डी परेको सोही सडक गत बर्ष मर्मत गरेपनि गुण्स्तर नभएकाले छिटै खाल्डा खुल्डी परेको शाहको भनाई थियो । ओटासिल गुणस्तर हिन भएपछि छिटै सडक बिग्रेको उनले जानकारी दिए ।