दिपक बोहरा
तुलसीपुर १९ असार  । २०७३ साल भित्र तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई सार्थक दिन तुलसीपुर नगर बाल संजालले दुई दिने अभियान सञ्चालन गर्ने भएको छ । बालविवहा न्युनिकरण गर्नुका साथै बालबालिकाहरुका अधिकार सुनिश्चित गर्ने उद्देश्यले आज र भोली तुलसीपुर क्षेत्रमा चेतनामुलक पम्पलेट बितरण र माईकिङ् गर्ने नगर बाल संजालका अध्यक्ष कमल नेपालीले जानकारी दिनुभयो ।

13588973_570123839842214_78657271_o“ नगरौ आजै विवहाको कुरा , भएको छैन उमेर २० बर्ष पुरा भन्ने नारासहितका पर्चा पम्पलेट बितरण गरिने अध्यक्ष नेपालीले जानकारी दिनुभयो । तुलसीपुर नगरपालीकाको सहयोग तथा संजालको आयोजनामा बालबालिकाको बच्न पाउने अधिकार , संरक्षणको अधिकार , बालसहभागिताको अधिकार दिलाउन अभिभबकलाई प्ररणा दिने खालका पम्पलेट बितरण तथा माईकिङ् गर्न लागेको संजालका अध्यक्ष नेपालीको भनाई छ ।