इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । लुस्ड बुटिक र मोडलिङ नेपालको आयोजनामा Mr and Miss State-5 को आयोजना हुने भएको छ । प्रदेश नं. ५ स्तरमा सञ्चालन हुने उक्त अडिसनको औपचारिक रुपमा आवेदन शुरु भइसकेको आयोजकले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
केटा २० र केटीको लागि २० गरी जम्मा ४० जनाको कोटा रहेका उक्त अडिसनमा १४ वर्षदेखि ३० वर्षसम्मकाले भाग लिन सक्ने आयोजक प्रवेश गिरीले जानकारी दिए । कार्यक्रमबारे जानकारी दिदै उनले केही दिनमा नेपालगञ्ज र वुटवलमा पनि कार्यक्रमको आयोजना गरी यसको जानकारी दिने बताए । उत्कृष्ट हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
नैना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले यस्ता मोडलिङका कार्यक्रममा फेसन शो मात्रै नभएर प्रतिभाहरुको प्रतिभा प्रष्फोटन गर्ने माध्यम पनि बनाउन जरुरी रहेको बताए । कार्यक्रमको सहजीकरण आरके शितलले गरेका थिए ।











