
एसएलसी प्रिन्स २०१६ मा सहभागि भइ बेस्ट पपुलर अवार्ड जित्दै दाङको गौरब बढाउन सफल होटेल दाङ भ्यालीका सन्चालक बसन्त जि.एम र सिर्जना जीएमका सुपुत्र सौगात जिएम लाई आज दाङ मा सम्मान गरिएको छ । नृत्य विधामा सक्रिय दाङ्ग को डान्स आइकनाले आज एक कार्यक्रमको आयोजना गरि बिजेता जिएम लाइ सम्मान गरेको हो । बिजेता जिएम लाइ कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला उवासंघका उपाध्यक्ष खड्ग बुढाथोकी , विशिष्ट अतीथि दाङ देउखुरी होटल ब्यबसायी समितीका अध्यक्ष रुद्र बहादुर डाँगी र नेपाल पत्रकार महासघ दाङका सल्लाहकार तथा प्रेस चौतारिका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन ले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।











