तुलसीपुर, १ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ निवासी शारदा आचार्यको १३ औ दिनको पुण्यतिथिका अवसरमा श्रद्धान्जली सभा गरिएको छ । नेकपा वडा कमिटिले आयोजना गरेको कार्यक्रममा वोल्दै वक्ताहरुले समाजका लागि आचार्यले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
पुर्व एमालेका अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै जनताका सपना पुरा गर्नका लागि सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि पूर्व एमालेका उपाध्यक्ष हुकुम वहादुर वस्नेतले समाजमा हरेक व्यक्तिको योगदानको महत्व हुने कुरामा जोड दिएका थिए ।
वडा कमिटका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा मृतक आचार्यका नातिहरु वसन्त आचार्य र डिल्लीराज आचार्यले शोक मन्तव्य राखेका थिए कार्यक्रमको सञ्चालन पिताम्वर आचार्यले गरेका थिए ।











