काठमाडौँ, ३१ भदौ । मौलिक हक कार्यान्वयनसँग सम्बन्धित सङ्घीय संसद्मा विचाराधीन १५ मध्ये १३ विधेयक पारित भएका छन् । प्रतिनिधिसभामा विचाराधीन रहेका ११ मध्ये नौ विधेयक शनिबारसम्म पारित भएका छन् ।

cabenitयस्तै, राष्ट्रियसभामा दर्ता भइ कारबाही प्रक्रिया अघि बढाइएका चारवटै विधेयक पारित भएका छन् । अपाङ्गता भएका व्यक्तिकोे अधिकार र वातावरण संरक्षण विधेयकलाई दुबै सदनबाट पारित गरी प्रमाणीकरणको प्रक्रियामा अघि बढाइएको छ ।

संसदीय समितिमा अब कुनै पनि विधेयक विचाराधीन छैनन् । प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा विचाराधीन सामाजिक सुरक्षा र शिक्षा स्वास्थ्य समितिमा विचाराधीन अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयकका प्रातिवेदन शनिबार प्रतिनिधिसभामा प्रस्तुत भएका छन् ।

प्रतिनिधिसभाले शनिबार चारवटा विधेयक पारित गरेको छ । गोरखापत्रमा खबर छ जसमा वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय सम्बन्धी विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक र वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक छन् ।

िवैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले व्यक्तिको जीउ, आवास, लिखत, तथ्याङ्क पत्राचार लगायतलाई अतिक्रमण नहुने हकका रुपमा व्यवस्था गरेको छ । तर, सार्वजनिक पदधारण गरेका व्यक्तिका हकमा पदीय हैसियतले गरेका काम र केही निजी सूचनालाई पनि सार्वजनिक गर्न बाधा नपर्ने व्यवस्था गरेको छ । विशेषगरी प्रकाशन प्रसारणसँग सम्बन्धित रहेर सार्वजनिक पदधारण गरेका व्यक्तिको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, सम्पत्ति लगायत सार्वजनिक गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।