काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन जान लागेका छन् ।
चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड चीन जान लागेका हुन् ।
प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक पनि चीन जाने छन् ।











