काठमाडौँ, २९ भदौ । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तकोे घटनालाई अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति गठन गरेको छ ।

20180911_073225समितिको संयोजकमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीलाई तोकेको छ । सिआईवीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अङ्गुर जिसी नेतृत्वमा गठन गरिएको विशेष टोलीले पन्त हत्याको छानविन गरेको थियो ।

आजको गोरखापत्रमा खबर छ- निर्मला हत्याको अभियोगमा सिआइवीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पक्राउ गरिएका दिलिपसिंह विष्टलाई ‘डिएनए’ परीक्षणले दोषी पुष्टि गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले डिएसपी जिसीमाथि नै अनुसन्धान गर्न टोली गठन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीले नवगठित पाँच सदस्यीय छानविन समितिले प्रहरी अनुसन्धानमा भएका लापरवाही र कमी कमजोरीको छानविन हुने बताउनुभयो । ‘यो टोलीले घटनाको विस्तृत छानविन नभई सिआइवी टोलीले गरेका कमी कमजोरीको अनुसन्धान गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

बलत्कारपछि भएको हत्या घट्नाको छानविन गर्नका लागि ‘सिआइवीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा नै परिचालित छ । एसएसपी सुवेदीको नेतृत्वमा गठित छानविन टोलीले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख दिल्लीसिंह विष्ट, डिएसपी ज्ञानबहादुर सेठ्ठी, मुद्धा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कामाथि समेत छानविन गर्ने छ ।