धनगढी, २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत रुवसकाँडा सडकखण्डमा दुर्घटना भएको छ । द्र्घटनामा परी २४ जना घाइते भएका छन् ।

फोटो फाइल
वस सडकबाट झण्डै १०० मिटर तल खसेर भएको कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।
बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।











