दाङ, २४ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले जिल्लाका १० वटा स्थानीय तहसँग समन्वय गरेर वन तथा वातावरणको अभियानलाई सञ्चालन गर्ने निर्णय गरेको छ ।

banजिल्ला महासंघ दाङको घोराहीमा सम्पन्न दोस्रो पूर्ण बैठकले वन र वातावरणका क्षेत्रमा बृक्षरोपण सहित संरक्षणका काम, जनवायु परिवर्तनको अनुकुलन र न्यूनिकरणको अभियान, वन डढेलोको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमदेखि अग्निरेखा निर्माण, सरसफाइ, पानीको मुहान संरक्षण लगायतका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरी गर्न १० वटै स्थानीय महासंघललाई आग्रह गरेको छ ।

बैठकले सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको असोज १५ गतेदेखि काठमाण्डौमा हुन गइरहेको महाधिवेसनकालागि जिल्ला कार्य समितिको बैठकबाट टुङ्ग्याउनुपर्ने एक महिला प्रतिनिधिमा जिल्ला सचिव जानका के.सी लाई सर्वसहमतिले चयन गरेको बैठकपछि वन महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभयो । महाधिवेसनका लागि दाङबाट प्रतिनिधित्व गर्ने ५ पुरुष र ५ महिलाको टुङ्गो गत महिना बुटवलमा सम्पन्न ५ नं प्रदेश अधिवेसनले गरिसेको थियो ।