तुलसीपुर, २४ भदौ । तुलसीपुरका सुवास चौधरी यहीकै एक निजी कम्पनीमा वजार प्रवन्धकका रुपमा कार्यरत छन् । ज्ञानदिप कलेज विविएस चौथो वर्षमा अध्ययनरत चौधरीलाई कम्पनीले थप जिम्मेवारी दिन लागेको थियो तर उनीसँग लेखाका वारेमा पढेपनि व्यवहारिक ज्ञानको कमीले गर्दा आत्मविश्वासमा कमी थियो । “पढ्न त पढियो तर काम गर्नका लागि आत्मविश्वासमा भने कमी थियो ।” चौधरीले भने ।

gyandeep3तुलसीपुरकै दुर्गा शर्माको सोच बैकिङ क्षेत्रमा करिअर वनाउने रहेको छ । पढाईमा अब्बल शर्मालाई लेखाका बारेमा व्यवहारिक ज्ञान लिने निकै रहर थियो । “पढेर त सबै जानियो तर काम गर्दा सकिन्न की जस्तो लागेको थियो ” शर्माले भनिन् ।

तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले चौधरी र शर्माजस्तै विद्यार्थीहरुका लागि प्रयोगात्मक तालिमको आयोजना गरेको छ । “विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिनका लागि हामीले यस्तो तालिमको व्यवस्था गरेका हौ” कलेजका व्यवस्थापन संकाय प्रमुख मनोज कुमार केसीले भने । उनले तत्काल वजारमा काम गर्न जाने विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि १० दिने लेखा सम्वन्धि तालिम दिएको जानकारी दिए । गुणात्मक दृष्टिले कलेजले राम्रो नतिजा ल्याउँदै आएको वताउँदै केसीले प्रयोगात्मक रुपमा पनि नियमित तालिम दिइने वताए ।

व्यवस्थापनका विद्यार्थीहरुलाई काम लाग्ने विभिन्न विषयमा तालिम दिन लागिएको पनि केसीले जानकारी दिए । उनले विलिङ, खरिद खाता अभिलेख, स्टक वुकमा रेकर्ड, खाता व्यवस्थापनसँगै व्यवस्थापनसम्वन्धि विभिन्न कानुनका वारेमा जानकारी दिने वताए । विद्यार्थीहरुलाई कलेजले व्यवहारिक ज्ञान दिएकोमा मनिषा डाँगीले खुसी व्यक्त गरिन् ।

उनले कलेजमा पढेका कुरा व्यवहारिक जीवनमा कसरी लागुगर्ने भन्ने वारेमा धेरै कुरा सिकेको वताईन् । विजनेस अर्गनाइजेसनमा हुने विभिन्न खाले विषयका वारेमा जानकारी पाएकाले यस क्षेत्रमा काम गर्ने आत्मविश्वास वढेको विद्यार्थी सुशिल वलीले वताए । “ तालिम लिएपछि व्यवहारिक ढँगले काम गर्न सकिन्छ जस्तो लागेको छ ” उनले वताए ।

ज्ञानदिप कलेज व्यवस्थापन तहमा अध्ययनरत ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा सिए थमन अधिकारी र ज्योति विकास वैकका ऋण अधिकृत युवराज भण्डारीले प्रशिक्षण दिइरहेका छन् ।